काठमाडौँ, १९ मंसिर । काठमाडौँको रातोपुल नजिकै धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । आज दिउँसो धोविखोलमा घोप्टो परेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।