ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु, १५ जना घाइते

मकवानपुर, २४ कार्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुदा दुई जना…