काठमाडौँ, १२ भदौ । वीरगन्ज महानगरमा फेरि हैजा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको छ । मङ्गलवार घटेको हैजा सङ्क्रमितहरूको सङ्ख्या बुधबार भने ह्वात्तै बढेको हो । जनस्वास्थ्य कार्यालय पर्साका अनुसार आज एकै दिनमा एक सयभन्दा बढी नयाँ केस आएको छ । जिल्लाका विभिन्न अस्पतालमा बुधबार मात्रै ११४ झाडा पखाला तथा हैजाका शङ्कास्पद बिरामीहरू अस्पताल भर्ना भएका…