काठमाडौँ, २० असार । काठमाडौँको तारकेश्वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ । प्रहरीका अनुसार नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको हो । उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरू…