खुकुरी प्रहारबाट एकको मृत्यु, एक घाइते

बुटवल, १८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमारको मृत्यु भएको हो । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ…