नेपाली महिलाद्वारा पहिलोपटक धवलागिरि हिमाल आरोहण

म्याग्दी, १५ असोज । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालको पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।…