काठमाडौँ, १४ असोज । देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलकाअनुसार यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । उनका अनुसार नेपालमा हालसम्म…