काठमाडौँ, १२ असोज । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ । थुनामा रहेका प्रतिवादी…