काठमाडौँ, १८ असार । बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको छ । सडक विभागका अनुसार ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण मकवानपुरबाट…