काठमाडौँ, १९ असार । कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र रहेको छ । अघिल्लो मेमा नेपाल भित्रिने सङ्ख्या एक हजार ४६८ थियो । त्यसअघि प्रतिबन्धको अवस्था नहुँदा मार्चमा भने करिब १५ हजार विदेशी नेपाल भित्रिएका थिए…