दैनिक ६४ आन्तरिक उडान बिहीबारदेखि पुनः शुरु हुने

काठमाडौँ, १३ असार । निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान बिहीबारदेखि पुनः शुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान भर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार बिहीबारबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने छ । नागरिक उडड्यन प्राधिकरणका…