धनगढी, ३१ जेठ । कञ्चनपुरमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका-८ पचुइबाट सोही ठाउँका ३० वर्षीया हरिकृष्ण रानालाई १३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।