काठमाडौँ, ८ जेठ । कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ । सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् । ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा…