काठमाडौँ, ११ वैशाख । बाँकेमा बितेको २४ घण्टामा मात्रै बाँकेमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै २४ घण्टाको अवधिमा मृतकको संख्या ७ पुगेको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीका जानकी गाउँपालिका–१…