७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुर, १७ चैत । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा अवैध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राईलाई सात केजी गाँजासहित पक्राउ गरेको हो । सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर…