ताबिन बाँस्कोटाले लेखे अंग्रेजी लेखनमा सहयोगी पुस्तिका ‘राइट वेल’

काठमाडौँ, १५ चैत । विद्यार्थीमा अंग्रेजी लेखनको स्तर अभाव देखेका २२ वर्षे युवा ताबिन राज बाँस्कोटाले उनीहरुलाई लेखनमा सहयोग गर्न एउटा पुस्तिका लेखेका छन्—‘राइट वेल’ अर्थात ‘राम्रो लेख’ । काव्य स्कुलबाट विद्यालय शिक्षा, इस्लिङ्गटन कलेजबाट ए लेवल र थाइल्याण्डको सियाम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाडौँ कलेज अफ म्यानेजमेण्टबाट केही महिनाअघि बिबिए उतिर्ण गरेका लेखक बास्कोटा स्नातकोत्तर…