पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ । दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । दुर्घटनामा परी बगनासकाली गाउँपालिका–१, घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्दै आएका ४६ वर्षीय विनोद ढुंगानाको पहिचान खुलेको थियो भने अर्का एक जनाको…