काठमाडौँ, १६ फागुन । आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे । अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए। आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन् । तर, एउटा कानुनी जटिलता आएको छ–…