काठमाडौँ, ४ चैत । नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बाग्लुङ गलकोट नगरपालिका–२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा मंगलबार काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ…