काठमाडौँ, २ चैत । काठमाडौँको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा चालक मकवानपुर भीमफेदी-२ का २५ वर्षका विनोद बलको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग…