काठमाडौँ, २८ फागुन । काठमाडौँको बौद्धबाट साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ परेका छन् । बहुमूल्य धातु युरेनियमसहित पक्राउ पर्नेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछापको बाघजोर नगरपालिकाका प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिकाका मनोज न्यौपाने रहेका छन् । बौद्धबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । फेला परेको युरेनियम प्रशोधन…