बर्दिया, २७ फागुन । बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । बुधबार घाँस काटिरहेकी रेनुका सुनारलाई बाघले आक्रमण गरेको हो । मधुवन–३ की २९ वर्षीया सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको थियो । सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल–भारत सीमासँग…