२५ किलो गाँजासहित दुई जना पक्राउ

हेटौंडा, ७ फागुन । मकवानपुर प्रहरीले २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ बाट राक्सिराङ गाउँपालिका–१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित पक्राउ गरेको हो । थिङ अटो चालक हुन् । ना. १ ह ७२३६ नम्बरको अटोको…