काठमाडौँ, ३० माघ । काठमाडौँका विभिन्न ठाउँमा भोलि र पर्सि दिउँसो विद्युत् कटौती गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । साँखु, गोठाटार र कोटेश्वरमा भोलि तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतवार विद्युत बन्द गर्न लागेको हो । बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार…