प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

काठमाडौँ, ११ माघ । काठमाडौँमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालकलाई  प्रहरीले पक्राउ गरेको छ । कलंकी खसीबजार सडकखण्डमा गएराति ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेपछि उनलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले…