काठमाडौँ, २१ साउन । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार गरिएको ठाउँमा राती सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको हो । …