काठमाडौँ, ४ माघ । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार करिब १०ः१५ बजेको समयमा खेतबारीमा एक पुरुषको शव फेला…