काठमाडौँ, ९ पौष । सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा…