कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राति आफ्नै घरको छतबाट खस्दा घाइते भएका ५० वर्षीय गणेश राज ओझाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।