विराटनगर, २३ असोज । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका-९ र धरान उपमहानगरपालिका -१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ ।…