काठमाडौँ, २८ भदौ । घरमा स्यानिटाइजर । सवारी साधनमा स्यानिटाइजर । अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर । जहाँ गयो त्यहीं स्यानिटाइजर । सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ? विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ ।’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)…