कञ्चनपुर, १७ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको र उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ…