एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

स्याङ्जा, १४ भदौ । स्याङ्जाको वालिङ नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको बा।२ झ ४०११ नम्बरको एम्बुलेन्स बिहान करिब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना हुँदा ३५ वर्षीय भानुभक्त गैह्रे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ…