गोरखा, ३ साउन । प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर सहज रूपमा पुग्न केबलकार चलाइयो । मौलाकाली पुग्न गैंडाकोटबाट लामो सिँढी बनाइयो । यस्ता कैयन् तीर्थस्थलमा भक्तजनको यात्रालाई सहज बनाइँदै छ । गोरखामा भने यस्तो तीर्थस्थल छ, जहाँ पुग्न भक्तजन पहराको बाटो आउजाउ गर्छन् । परापूर्वकालदेखि नै १५ मिटरको यात्रा पहरा समातेर, पहरामै टेकेर गर्ने गरेको स्थानीय…