काठमाडौँ, २८ असार । पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै घण्टौं बिताउनु परेको हो । बेनी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत दिउँसै पोखराको मणिपाल शिक्षण अस्पताल…