नारायणी र राप्ती नदीमा ५ जनाको शव फेला

चितवन, ८ साउन । चितवनमा बग्ने दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेको र किनारमा तैरिएको अवस्थामा शव भेटिएका हुन्…