देशभरका किसान मलको चरम अभाव व्यहोर्न बाध्य

काठमाडौँ, २९ जेठ । सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ ।  आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ । कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन् ।…