अर्घाखाँची, २१ वैशाख । भूमिकास्थान नगरपालिका–६ जंगली च्याउ खाएपछि बिरामी भएका एकै परिवारका चार जनामध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ । ३० वर्षीया रामकला महत्राको उपचार गर्दागर्दै लुम्बिनी सिटी अस्पताल बुटवलमा गएराति निधन भएको हो । गम्भीर बिरामी उनकी ७ वर्षीया छोरी विपा महत्रा, सासुआमा ५९ वर्षीया लालसरी महत्रा र २८ वर्षीया देउरानी…