सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ, २७ जेठ । काठमाडौँ र रौतहटमा मंगलबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौ महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी वीरेन्द्रचोक बस्ने २७ वर्षीया सुप्रभा लुईँटेलको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते…