काठमाडौँ, १६ जेठ । झापाका कुल ७९ जना कोरोना सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी संक्रमित कचनकवल गाउँपालिकाका हुन् । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना सङ्क्रमित पुष्टि भएको छ । यसअघि ४८ सङ्क्रमित पुष्टि…