जनकपुरधाम, ३० बैशाख । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको छ ।…