लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट

बारा, १७ चैत । बारामा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेका ८/९ जनाको समूहलाई सम्झाउने क्रममा प्रहरीमाथि कुटपिट भएको हो । प्रहरीका अनुसार लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा २७ वर्षीय गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए । ब्‍याटले लागेर एक प्रहरी हवल्दार घाइते…