वीरगञ्ज, १५ बैशाख । मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् । लकडाउनको मौका छोपेर बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको भन्दै प्रहरीले उद्योगीहरू मोहनलाल चाचन, पवनकुमार झासहित उनका प्रतिनिधिहरू सुनिल शर्मा, सुरेश प्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो । उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री…