जनकपुरधाम, ६ चैत । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा बुधबार पक्राउ गरेको छ ।…