रुकुम, ९ जेठ । रुकुम पश्चिममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिका-३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो । उनी नेपाल विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए । बिहीबार राति १० बजेतिर मुसिकोट नगरपालिका-४, बोहोरागाउँस्थित विद्युत् पोलको काम गर्न गएका थिए ।…