काठमाडौँ, ४ वैशाख । काठमाडौँको त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गर्ने आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ । संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै वैशाख ३ गते अस्पतालमा काम गरेर घर फर्किने क्रममा कान्ति बाल अस्पतालनजिकै ओह्रालोमा प्रहरीले तीन जना चिकित्सकमाथि कुटपिट गरेको र…