खरिपाटीमा रहेका ९४ जनाको कोभिड–१९ परीक्षण ‘नेगेटिभ’

काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १५२९ जनाको कोभिड–१९ परीक्षण भएको जानकारी दिएको छ । यसमध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् । आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको जानकारी…