काठमाडौँ, १८ चैत । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल प्रालीले ४ अर्ब ६० करोड कर सरकारलाई बुझाएको छ । कम्पनीको स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको पुँजीगत लाभ बापतको बक्यौता कर कम्पनीले आज ठूला करदाता कार्यालयमा बुझाएको हो । ठूला करदाताकार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज ४ अर्व ६० करोड रूपैयाँ बुझाएको हो…