क्यान्सर उपचारको लागि जापानबाट लक्ष्मी थापाको आर्थिक सहयोग

ललितपुर, १८  फागुन । गालाको क्यान्सर भएर अनुहार नै चिन्न नसक्ने भएका महोत्तरीका ४० वर्षिय विपन्न क्यान्सररोगी अलिम कवाडीको उपचारको लागि हाल तोयोहाशी, जापान निवासी चाँगुनारायण नगरपालिका, छायाँवस्ती, छालिंगकी लक्ष्मी थापामगरले २१ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् । वरिष्ठ पत्रकार बलराम प्यासीको पहलमा समाजसेवी थापामगरबाट प्राप्त भएको सो रकम पत्रकार प्यासीले नेपाल क्यान्सर सहयोग…