काठमाडौँ, १२ फागुन । मध्यबानेश्वर लाखेचौरस्थित काठमाडौं जेभियर्स पव्लिक स्कुलले आयोजना गरेको शैक्षिक तथा विज्ञान प्रदर्शनीमा सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर—१० लाखेचौरले जनचेतनामूलक प्रचार सामग्री सहितको स्टल राखेको छ । समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक तथा विज्ञान प्रर्दशनीमा सामुदायीक प्रहरीको स्टल राखिएको यो नै पहिलो भएको बताइन्छ । सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वरका इन्चार्ज…